दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश गरेको छ । उच्च अदालतले प्रसाईंलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

सोमबार न्यायाधीशद्वय सुदर्शन देव भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको वाणिज्य इजलासले सो आदेश दिएको हो ।

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई पत्राचार गरेको थियो ।

सिआइबीले विशेष सरकारी वकिलको कार्यालयलाई बुझाएको प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले दुर्गा प्रसाईंविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो ।

आदेशमा भनिएको छ “…निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेस गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी दुर्गाप्रसाद प्रसाईंबाट रु. २५,००,०००।- (अक्षेरुपी पच्चिस लाख रुपैयाँ) नगद धरौट वा बैंक जमानत दिए लिई मुद्दाको पूर्पक्षका लागि तारेखमा राख्नुहोला ।”

त्यस्तै, १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दामा पनि उनलाई धरौटीमा छाड्न आदेश भएको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो । सो तीनकुने घटनामा उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।