‘कुलिङ पिरियड’ प्रकरणमा छानबिन गर्न गठित विशेष समितिद्वारा सर्वसम्मत प्रतिवेदन तयार
काठमाडौ । ‘कुलिङ पिरियड’ प्रकरणमा छानबिन गर्न गठित विशेष समितिले सर्वसम्मत प्रतिवेदन तयार पारेको छ।
प्रतिवेदनमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा नैतिक रूपमा जिम्मेवार रहेको ठहर गरिएको छ।सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत अन्य उच्च अधिकारीहरू पदीय र कानुनी रूपमा जिम्मेवार ठहरिएका छन्।
समितिले सम्बन्धित सबै पक्षसँग सोधपुछ गरेको थियो। प्रतिनिधिसभाबाट पारित विधेयकमार्फत पूर्वकर्मचारीका लागि अनिवार्य दुई वर्षको ‘कुलिङ पिरियड’ प्रावधान हट्ने अवस्था बनेपछि विवाद उत्पन्न भएको थियो।
छानबिन समितिको म्याद साउन ९ गतेसम्म थप गरिएको थियो र आज प्रतिवेदन संसदमा पेश हुँदैछ।


