पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-७ को अडिसन मिति सार्बजनिक

धनकुटा । रिक्रियशन मल्टि मिडिया एण्ड इन्टरटेन्मेट प्रा.लि र टिन्स क्रिउ डान्स सेन्टर धनकुटाद्धारा आयोजना गरिने पूर्वाञ्चल गट ट्यालेन्ट २०८२ सिजन ७ को पहिलो चरणको अडिसनको लागि मिति सार्बजनिक गरिएको छ ।

जस अनुसार चैनपुरमा भाद्र ६ गते,खांदबारी भाद्र ७,भोजपुर भाद्र ७,ताप्लेजुंग भाद्र १२,फिदिम भाद्र १३,इलाम भाद्र १४,फिक्कल भाद्र १७,बिर्तामोड भाद्र २० गते हुनेछ ।

त्यसैगरि दमकमा भाद्र २१ गते,मोरंग भाद्र २३,इटहरी भाद्र २७,खनार भाद्र २८,धरान भाद्र ३०,तेह्रथुम कार्तिक २९,सिंधुवा मंसिर १३ र धनकुटामा मंसिर २० गते हुने कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए ।

प्रतियोगिताका ग्यन तथा नृत्य (दुवै विधा) मा प्रथम हुनेले नगद ५ लाख नगद , ५ लाख बराबरको जीवन बिमा , ट्रफि,गिफ्ट ह्यामपर, म्युजिक रेकर्डिंग गर्ने अवसर प्राप्त गर्ने छन् ।

त्यस्तै दोस्रो हुनेले नगद रु १ लाख सहित २ लाखको जिवन बिमा,ट्रफि,गिफ्ट ह्यामपर र तेस्रो हुनेले नगद रु ५० हजार,रु १ लाखको जिवन बिमा ,ट्रफि,गिफ्ट ह्यामपर,प्रमाण पत्र पाउनेछन् ।

थप जानकारीका लागि सम्पर्क
9815365922, 9814352570

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।