पथरीको शब्द थिएटरमा नाटक ‘चरणदास चोर’ साउन ३१ गतेदेखि
माेरङ, २४ साउन । ‘चरणदास चोर’ साउन ३१ गतेदेखि मञ्चन हुने भएको छ ।
पथरीको शब्द थिएटरले नाटक ‘चरणदास चोर’ मञ्चन गर्ने भएको छ ।
नाटककार हबिब तनवीरद्वारा लिखित नाटकमा सुमन कुइकेल, अशोक साम्पाङ, प्रेम खतिवडा, सन्तोष राई, पुष्प राई, रबिन रिजाल, रोशन मुर्मु, करुणा तिम्सिना, भूमिका बस्नेत ग्रिष्म लिम्बु, अनिषा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहने भएको हो ।
नाटकको कोरियोग्राफ राम विकले सम्हालेका छन् भने संगीत संयोजन पुष्प राईको रहने नाटकको सहायक निर्देशन सुमन कुइकेल र प्रेम खतिवडाको रहने शब्द थिएटरले जनाएको छ ।


