‘स्रष्टासँग मोर्डन एरा’को पहिलो शृंखला कवि एवं पत्रकार नवोदित प्रस्तुत

विराटनगर । विराटनगरस्थित मोर्डन एरा स्कुलले ‘स्रष्टासँग मोर्डन एरा’ कार्यक्रम सुरु गरेको छ ।

विद्यार्थीलाई साहित्य र सिर्जनासित जोड्ने उद्देश्यका साथ ‘स्रष्टासँग मोर्डन एरा’ कार्यक्रम प्रारम्भ गरिएको प्रिन्सिपल इन्द्र राईले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत पहिलो शृंखलामा कवि एवं पत्रकार मीनकुमार नवोदित भए । उनले ‘आमा र जून’, ‘बा हुनुको अर्थ’, ‘देशको नाममा’, ‘रिटायर्ड जिन्दगी’, ‘बाको कफिन छेउ अबोध बालकको बिलौना’, ‘गाउँ सम्झेर गाउँ’लगायत शीर्षकका कविता वाचन गरे । नवोदितले आफ्नो लेखन अनुभवसहित कविताको रचनागर्भसमेत विद्यार्थीलाई सुनाउँदै कविता वाचन गरेका थिए । मोर्डन एरा स्कुलले नवोदितलाई साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मानसमेत गरेको थियो ।

नवोदितले युवा विद्यार्थीलाई सकारात्मक दिशामा अगाडि बढ्न र सिर्जनशील हुन उत्प्रेरित गरेकाले सम्मान गरिएको प्रिन्सिपल राईले बताए । कवि एवं पत्रकार नवोदितका ‘झरीले रुझेको गाउँ’ ‘समयको बयान’ लगायतका कृति प्रकाशित छन् । उनले युवा वर्ष मोती पुरस्कार, कोशी प्रदेश सरकारबाट उत्कृष्ट युवा स्रष्टा पुस्कारलगायत ६ दर्जनभन्दा बढी संस्थाबाट पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् ।

सोही अवसरमा कविता छनोट चरणसमेत सम्पन्न भयो । जसमा मोडर्न एरा विद्यालयका विद्यार्थीहरूले आफ्ना कविताहरू वाचन गरेका थिए । कविता छनोट कार्यक्रममा जुनियर गरी ७५ जना विद्यार्थीहरूले सहभागी जनाएका थिए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था, मोरङका उपाध्यक्ष नन्दलाल मण्डलले गरे । उनले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रमले ठूलो सहयोग पुग्ने बताए । विद्यालयका प्रधानाध्यापक इन्द्र राईले विद्यार्थीहरूमा साहित्यप्रति रुचि अभिवृद्धि गर्न तथा स्रष्टासँग प्रत्यक्ष संवादको अवसर दिन यस प्रकारको कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक अर्जुन तिम्सिनाले बताए ।

कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक रामप्रसाद घिमिरेले विद्यार्थीहरूलाई संस्कारसहितको शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिइएको जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।