रास्वपाको आरोप- प्रधानमन्त्रीको भाषण सुनेर जनता दिग्भ्रमित भए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. चन्दा कार्कीले संसदमा प्रधानमन्त्रीको भाषण सुनेर जनता दिग्भ्रमित भएको टिप्पणी गरेकी छन् ।

विहिबार प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै डा. कार्कीले अदालतमा आफ्नै पार्टीका न्यायाधीश बनाउँछौं र निर्णय वफादारीमा हुन्छ भनेका प्रधानमन्त्री ओलीले अदालतको फैसलाको जिम्मा सरकारले लिन नसक्ने बताएको उल्लेख गर्दै यस्ता भाषण सुनेर जनता दिग्भ्रमित भएको टिप्पणी गरेकी हुन् ।

उनले हिजो संसदको रोस्ट्रममा उभिएर व्यक्तिगत तहमा उत्रिएर प्रधानमन्त्रीले कुण्ठाको पोको खोलेर गएको बताउदै संसद र प्रधानमन्त्री पदको गरिमाको समेत मानमर्दन भएको बताइन् । साथै उनले ३८ लाखभन्दा बढी नागरिकले हस्ताक्षर मार्फत आफ्नो प्रतिक्रिया दिइसकेको बताइन ।सांसद कार्कीले प्रधानमन्त्रीले देशमा सुशासन छ भनेको तर मन्त्रीहरू निरन्तर भ्रष्टाचार र काण्डमा मुछिएका छन् भने पुराना काण्डहरू छिनोफानो नहुँदै नयाँ नयाँ – लिचीबारी काण्ड, विधेयक छेड़खानी, फर्जी कार्यक्रममा विदेश भ्रमण काण्ड हरु एक पछि अर्को—सार्वजनिक भइरहेको बताइन ।

उनले सुशासनको भाषण दिनु अगाडि आफ्ना मन्त्रीहरूको काम, आचरण र सम्पत्ति जाँच गर्न, मन्त्रीहरूको सम्पत्तिसार्वजनिक गर्न र देशमा सुशासन को यथार्थमा के अबस्था बुझ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेकी छन् ।उनले आफुहरु सत्य र न्यायका लागि लडिरहेको बताउदै रवि लामिछानेमाथि भइरहेको अन्याय र ज्यादतीको प्रतिवाद गरिरहेको बताएकी छन् । उनले यो केवल रविको मुद्दा होइन—यो लोकतन्त्रको न्याय प्रक्रियाप्रतिको विश्वासको मुद्दा भएको समेत बताएकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।