पूर्वेली भाका ‘म्याङ्लुङ बजार’ सार्वजनिक

काठमाडौँ । गायक प्रेम सेनले नयाँ गीत ‘म्याङ्लुङ बजार’ ल्याएका छन् । गायिका सुनिता थेगिमसँग गायनमा सहकार्य गरी उनले लामो समयपछि गीत ल्याएका हुन् ।

पूर्वेली भाकाको यो गीतले पहाडी जिल्ला तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारलाई सम्झाउँदै मायाप्रेम दर्शाउँछ । प्रेमभावको यो गीतमा गीतमा गायक प्रेमकै शब्द तथा संगीत छ ।

तीनजुरे डाँडा रमाइलो गुराँस फुल्यो झलल
नौडाँडा काटी आएको हजुरकै माया सम्झेर
आ है बसमा सरर
भेट्न आउँला म्याङ्लुङ बजार
तेह्रथुममुनि सल्लेरी माया छ हजुर मनभरि
टाढाको माया गाढा भो मन बुझाऊँ मैले कसरी
आ है बसमा सरर
भेट्न आउनु म्याङ्लुङ बजार

गायक-गायिका स्वयं फिचर्ड गीतको भिडियोलाई दिनेश पराजुलीको छायांकन, पुनम चौधरीको मेकअप र विकास धमलाको सम्पादन तथा कलर संयोजन छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने ए वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्डिङ र किशोर थापाले मिक्सिङ गरेका हुन् ।

‘विभिन्न व्यक्तिगत कारण र गीतकै तयारीमा केही समय लाग्दा अलि लामै ग्यापपछि गीत ल्याएको हुँ,’ गायक सेनले भने, ‘अब नियमित रुपमा गीत सार्वजनिक गर्ने सोचमा छु । यसपटक पूर्वेली भाकाको गीत ल्याएको हुँ ।‘

पश्चिमका लोकदोहोरी गीतको बजार राम्रो भइरहेको बेला पूर्वेली गीतलाई पनि फेरि एकपटक चिनाउने प्रयास गरेको उनले बताए ।

लामो समय शास्त्रीय संगीतको औपचारिक प्रशिक्षण समेत लिएर डेढ दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय प्रेमका यसअघि सानी, तिम्रो पाउजु, आऊ गाऔं, तिमीले लाको चौबन्दी लगायत गीत रुचाइएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।