पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढ्दो,आज विराटनगरमा
काठमाडौं, २ भदौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढ्दो छ । शनिबार काठमाडौंका युवाहरुसँग सडक–साक्षात्कार गरेकी भण्डारी त्यसको दुई दिनपछि आज विराटनगर पुगेकी हुन् ।
एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई एमाले नेतृत्व पँक्तिले पार्टीमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।
त्यसको बावजुदपनि उनले आफ्नो सक्रियतालाई झनै बढाएकी छिन् । आज विराटनगर पुगेकी भण्डारीलाई कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई एयरपोर्टमा स्वागत गर्न पुगेकी हुन् ।
यसअघि काठमाडौंमा हरितालिका विशेष कार्यक्रम आयोजना गरेको मोरङ सेवा समाजको निम्तो मान्न पुगेकी भण्डारीले नारी शक्तिको महिमाबारे चर्चा गरेकी थिईन् । उनले आफू जनताको बीचमा जाने घोषणा गरेकी छिन् । त्यही उद्देश्यले उनी आज विराटनगर ओर्लिएकी हुन् ।


