एमाले महालक्ष्मी नगरपालिका धनकुटाको दोस्रो पूर्ण बैठक सम्पन्न
धनकुटा,३ भाद्र । नेपाल कम्युनिस्ट पार्टी एमाले महालक्ष्मी नगरपालिका धनकुटाको दोस्रो पूर्ण बैठक आज सम्पन्न भएको छ।
बैठकमा विभिन्न एजेन्डाहरू माथि छलफल गर्दै दोस्रो विधान संशोधन मस्यौदा माथि व्यापक छलफल गरी टोल कमिटी वडा कमिटी बाट सुझाव संकलनको लागि सुझाव सङ्कलन समिति समेत गठन भएको छ ।
सोही अवसरमा २१ जनाको सचिवालय गठन गरि कार्यविभाजनको काम सम्पन्न गरेको हो साथै आजको यस बैठकले वार्षिक कार्ययोजना तयार गर्न समेत प्रस्ताव पेश गरेको छ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय कमिटी सदस्य शकुन्तला बस्नेतले पार्टीको माथिल्लो कमिटीद्वारा जारी गरिएका निर्देशन कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने साथै पार्टीका हितमा सदैव काम गर्दै अगाडि बढ्नुपर्ने निर्देशन दिनुभएको छ ।
बैठकमा जिल्ला कमिटी सदस्य टंक चौहान, मन्जु अधिकारी लगायतको उपस्थिति रहेको थियो।


