प्याब्सन र एनप्याब्सनद्वारा ९ गते देखि देशभरका विद्यालय अनिश्चितकालिन बन्द गर्ने

काठमाडौ । प्याब्सन र एनप्याब्सनले ९ गते सोमबारदेखि देशभरका विद्यालय अनिश्चितकालिन बन्द गर्ने भएका छन् । त्यसको लागि भोली बुधबार बिहान सबै सरोकारवाला निकायको अन्तिम बैठक बस्नेछ ।

बैठकमा अभिभावक,प्याब्सन,हिसान,एन प्याब्सन, इष्टुलगायत, संघसंगठनको उपस्थिति रहनेछ । त्यसअघि आज दिउँसो प्याब्सनको कार्य सम्पादन समितिको आकस्मिक बिस्तारित बैठक बसेको थियो । केहीबेरमा संघ संगठनको संयुक्त बैठक बस्दैछ ।

निजी विद्यालयको सबै कार्यक्रम गोप्य राखेको छ । भोली मध्यान्ह पत्रकार सम्मेलन गरेर अनिश्चितकालिन बन्द लगायत कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

शिक्षा ऐनको मस्यौदामा निजी विद्यालयको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै निजी शिक्षालय र सरोकारवाला संघ संगठनले पर्सि ५ गते माइतीघर मण्डलामा प्रदर्शन र कोणसभा , ६ गते संसद् भवन घेराउ , ८ गते निजी विद्यालयको सवारी साधन बाटोमा गाडी तेर्स्याउने र ९ गते देशभरबाट अनिच्तिचकालिन बन्द गर्ने निर्णय गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।