राप्रपाकी सांसद रोशन कार्कीले खाली कागजमा सही गराउने कस्ता पार्टी? सही गर्ने कस्ता माननीयहरू? धिक्कार होस् भनेपछि सूर्य थापाको नियमापत्ति
काठमाडौ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले सांसद सूर्य थापाले राप्रपाकी सांसद रोशन कार्कीको अभिव्यक्ति अपमानजनक भन्दै संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
सांसद कार्कीले उपसभामुखलाई पदबाट हटाउने सन्दर्भमा कांग्रेस र एमाले सांसदहरूबाट खाली कागजमा सही गराइएको आरोप लगाउँदै भनिन्, “सही गराउने कस्ता पार्टी? सही गर्ने कस्ता माननीयहरू? धिक्कार होस्।”
उनको यो भनाइपछि सांसद थापा नियमापत्ति जनाउँदै उठे। सभामुखले बोल्न अनुमति दिएपछि उनले कार्कीको अभिव्यक्ति सांसदहरूप्रति अपमानजनक भएको बताउँदै रेकर्डबाट हटाउन माग गरे।
थापाले भने, “हामीले कागजमा जानेर बुझेर सही गरेका हौं, यस्तो अभिव्यक्ति हटाउनुपर्छ।” कार्कीले थापालाई “जहिल्यै उठ्ने बानी भएको” भन्दै टिप्पणी गरेकी थिइन्।


