यमुनामाईमा १३ सूत्रीय मागसहित धर्ना, एक वडा अध्यक्ष आमरण अनसनमा

सञ्जय मिश्रा/रौतहट, ५ भदौं । रौतहटको यमुनामाई गाउँपालिकामा व्याप्त अनियमितता र भ्रष्टाचारविरुद्ध वडा नम्बर २ का अध्यक्ष सीताराम यादवले आमरण अनसन सुरु गरेका छन्।
 
उनले १३ सूत्रीय मागसहित बुधवार राति ८ बजेदेखि अनसन थालेका हुन्।  यादवको अनसनलाई गाउँसभाबाट निर्वाचित २१ जना सदस्यले साथ दिएका छन्। उनीहरुले गाउँपालिका कार्यालय सरुअठामा बिहान १० बजेदेखि धर्ना समेत सुरु गरेका हुन्।
 
अनसनकर्ता यादवले गाउँपालिका अध्यक्ष महमद सउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादव र लेखापाल श्रीनारायण झामाथि आर्थिक ब्रम्ह्लुट, मनोमानी ढंगमा कर्मचारी नियुक्ति र पारदर्शिता विपरीत काम गरेको आरोप लगाएका छन्।
 
संघर्ष समितिका संयोजक तथा वडा नम्बर २ का अध्यक्ष यादवले पालिकाको कामकाज पारदर्शी नभएकाले जनतामा गम्भिर निराशा बढेको बताए। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनको चेतावनी छ।
 
गाउँपालिका अध्यक्ष महमद सउदले वडाध्यक्ष यादव निर्वाचनदेखि नै आफू विरुद्ध रहे पनि मागबारे छलफल गर्न तयार रहेको जनाएका छन्। आउँदो ६ गते हुने गाउँसभाबाट उचित निर्णय गरेर सूचना दिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
 
धर्ना र अनसनमा राखिएका १३ बुँदामध्ये मुख्य मागहरुः

आर्थिक वर्ष २०७९ देखि ८२ सम्मका गाउँसभा निर्णय, कार्यपालिका बैठकका माइनुट, बजेट योजनासम्बन्धी सम्पूर्ण कागजात, बैंक स्टेटमेन्ट र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने।
पालिकामा कर्मचारी नियुक्तिसम्बन्धी प्रमाण उपलब्ध गराउने।
अनलाइन टेण्डर, बैठक र बिडिङ प्रणाली लागू गर्ने।
सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यम शिक्षा सुरु गर्ने।
इन्धन, मर्मत तथा सम्पत्ति खर्च विवरण सार्वजनिक गर्ने।
गाउँपालिकाभर स्वास्थ्य बीमा अनिवार्य गर्ने।

कृषि विद्युतीकरणका लागि पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराउने।
घरायसी बिजुली महसुल निःशुल्क गर्ने।
गाउँपालिका अस्पताल स्थापना गर्ने।
सामाजिक सुरक्षा भत्ता घरमै पुर्याउने व्यवस्था गर्ने।
पदाधिकारी तथा सदस्यको सुविधा कानुनअनुसार वितरण गर्ने।
अवैध तरिकाले गरिएको ९ औं गाउँसभा खारेज गर्ने।
पालिकाबाट सहयोग पाउनेको नामावली सार्वजनिक गर्ने।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।