नक्कली शैक्षिक प्रमाणपत्रको कारोवारमा संलग्न रास्वपा नेता पक्राउ

भैरहवा, ६ भदौं । ठुलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलो ग्राम तथा स्टिकर सहित भारतीय नागरिक पक्राउ परेको प्रकरणमा रास्वपा नेता समेत तानिएका छन्। 

गएको शुक्रवार साँझ रुपन्देही प्रहरीले भारतीय नागरिक अभिषेक यादवको साथबाट ठुलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलो ग्राम तथा स्टिकर बरामद गरेको थियो। 

पक्राउ परेका अभिषेक यादवको बयान पछि रुपन्देही प्रहरीले चितवनका रास्वपा नेता डा.हरि प्रसाद कँडेललाई नियन्त्रणमा लिएको हो।

 

रुपन्देही प्रहरी श्रोतका अनुसार उनलाई चितवनबाट बुधवार नियन्त्रणमा लिएर रुपन्देही ल्याइएको छ। पक्राउ परेका कँडेल चितवनको कालिका नगरपालिका ५ पदमपुरका हुन्। 

 

रुपन्देही प्रहरीले गत शुक्रवार साँझ साँझ ६ः ३० बजे सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथमा प्रवेश गर्न लागेका भारतको उत्तर प्रदेश, कानपुर नववस्ती बस्ने २५ वर्षीय अभिषेक यादव लाई खानतलासी गर्दा उनको साथबाट ठुलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलो ग्राम फेला परेको थियो।

 

पक्राउ परेका यादवले डा।हरि प्रसाद कँडेलको संलग्नता खुलाएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिर्ईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीप कुमार क्षेत्रीले बताए। 

पक्राउ परेका यादवले आफूले डा हरि कँडेलको सहयोगीको रूपमा शैक्षिक प्रमाण पत्र र होलो ग्राम स्टिकर भारतमा छपाएर ल्याएको बताए पछि प्रहरीले कँडेललाई खोजी सुरु गरेको थियो। 

हरि प्रसाद कँडेल यो प्रकरणमा अहिले सम्मको अध्ययनले प्रमुख व्यक्ति हो, उनले शैक्षिक परामर्श केन्द्र नाममा नक्कली शैक्षिक प्रमाण पत्रको कारोबार गर्ने गरेको देखिन्छ प्रहरी उपरीक्षक क्षेत्रीले भने। 

चितवनको एक सरकारी विद्यालयमा शिक्षक रहेको कँडेल प्रधानाध्यापक बन्न खोज्दा अयोग्य ठहरिएपछि शैक्षिक परामर्श केन्द्र चलाएर बसेका थिए। अनि बिरुद्ध नक्कली शैक्षिक प्रमाण पत्र लिएर शिक्षक बनेको भन्दै उजुरी परेपछि अख्तियारले मुद्धा दायर गरेको थियो। कालिका नगरपालिका वडा नं ५ का वडाध्यक्ष दिपक भटराईले कडेल बिरुद्ध ७ बर्ष अघि नै अख्तियारले बिशेष अदालतमा मुद्धा दायर गरेपछि निलम्वनमा परेको बताए।   

उनी चितवनको लायन्स चोकमा कलेज कोच नेपाल प्रा लि नामको शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए। कँडेलले सोही परामर्श केन्द्रबाट नक्कली शैक्षिक प्रमाणपत्र बिक्री वितरण गर्ने गरेको प्रहरीको दाबी छ। 

पक्राउ परेका कँडेल रास्वपाको बागमती प्रदेश कमिटीको प्रशिक्षण बिभाग संयोजक हुन्। रुपन्देही प्रहरीले त्रिभुवन विश्वविद्यालय, अमिटी युनिभर्सिटी ९उत्तर प्रदेश०, जवाहरलाल नेहरू टेक्नोलोजिकल युनिभर्सिटी हैदराबाद, छत्रपति साहुजी महाराज युनिभर्सिटी कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद, कुरुक्षेत्र विश्वविद्यालय, आन्द्र युनिभर्सिटीलगायतका संस्थाका प्रमाणपत्र, मार्कसिट, प्रोभिजनल प्रमाणपत्र, क्यारेक्टर प्रमाणपत्र, माईग्रेसन सर्टिफिकेटसहित हजारौं कागजातहरू बरामद गरेको थियो।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, उच्च माध्यमिक शिक्षा परिषदकाे होलो ग्राम, विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका स्टाम्प, स्टिकर र खाली लोगोहरू समेत बरामद गरिएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।