भष्ट्रचार र बदमासी गरेर आजपावाट निष्काषितलाई एमालेले प्रवेश गरायो: प्रभु साह

काठमाडौं, ६ भदौ ।  आम जनता पार्टी (आजपा) ले विगतमा कारवाही गरी पार्टीबाट निष्काशन गरिसकेका केही व्यक्तिलाई आजपाकै हैसियतमा टिका लगाएर एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गरेको भन्दै भ्रमपूर्ण एवं झुठको प्रचार गरिरहेको जनाएको छ ।

आजपा अध्यक्ष प्रभु साहले विगतमा विभिन्न आरोपमा कारवाही गरिसकेका व्यक्तिलाई आजपाकै हैसियतमा प्रधानमन्त्री ओलीले पार्टी प्रवेश गराउदै भ्रमपूर्ण एवं झुठको प्रचारमा लागेको जनाएका छन् ।  

‘चैत्र महिनामै आम जनता पार्टीको साधारण सदस्यबाट निकालिएको उपेन्द्र साह र आषाढ़ महिनामै ठगी आरोपमा निष्कासित मनोज यादव लगायतकालाई एमाले अध्यक्षले आजपाकै नेताको हैसियतमा टिका लगाएर ‘आजपाको दर्जनौ ठुलो नेताहरु एमालेमा प्रवेश’ गरेको भ्रमपूर्ण एवं झूठ प्रचार गरिरहेकोछ । प्रधानमन्त्री जस्तो सम्मानित पदमा रहेका व्यक्तिले यस्तो सफेद झूठ कतिको उचित छ ? प्रधानमन्त्रीज्यू सिमित स्वार्थको लागि जे पनि प्रचार गर्ने कार्य बन्द गर्नुस । यस्तो भ्रमपूर्ण प्रचारले तपाईबाट समाजले के शिक्षा लिने ? अलिकति पनि लेहाज गर्नुस,’ आजपा अध्यक्ष साहले भनेका छन् । 

अहिले आजपाकै नाम र विभिन्न जिम्मेवारीमा रहेकै जस्तै अन्य पार्टीमा प्रवेश गरेर झुठ र भ्रमपूर्ण प्रचार गरेर समाजले केही पनि नपाउने आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । 

‘सडेगलेकालाई दुल्हीझै सिंगारेर घर भित्रयाए’ जस्तै भएको टिप्पणी गर्दै आजपाले हाल उनीहरु पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेको छ । आजपा प्रवक्ता साहले विगतमै बिभिन्न आरोपमा कारवाही गरिएका व्यक्तिले आजपाको यो वा त्यो जिम्मेवारीमा रहेको भन्दै अन्य पार्टीमा प्रवेश गर्नु लाजमर्दो भएको जनाएका छन् ।

साहलाई गत २६ चैतमा, र मनोज (राजन) यादवलाई गत ३१ असारमै पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरिसकेको प्रवक्ता साहले जनाएका छन् । पार्टीको विधान, नीति एवं कार्यक्रम विपरित कार्य गर्ने साह र नेटवर्किङ कारोबारबाट ठगी धन्दामा लागेको आरोप सहित पार्टीमा निवेदन परेपछि यादवलाई आजपाले कारवाही गरेको थियो । 

तर साह र यादव सहित अन्य केही व्यक्तिले आजपाको बिभिन्न जिम्मेवारीमा रहेको भन्दै आज नेकपा (एमाले)मा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका हुन् । यसरी पार्टीबाट निकालिएकालाई सजाएर एमालेले भ्रमको खेती मात्रै गरिरहेको टिप्पणी आजपाको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।