प्राकृतिक श्रोत व्यवस्थापन कलेज पाख्रीवासको नेविसंघ सभापतिमा रञ्जन
धनकुटा । प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रीवासमा नेपाल विद्यार्थी संघको चौथो अधिवेशनबाट रञ्जन कुमार मेहताको सभापतित्वमा नयाँ समिती चयन गरिएकाे छ ।
आज शनिवार सम्पन्न अधिवेशनको उद्घाटन गर्दै नेपाल विद्यार्थी संघका पूर्व नेता तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले गर्नु भएकाे थियाे । अधिवेशन उद्घाटनकाे क्रममा बाेल्दै उहाँले विद्यार्थीहरु परिवर्तन र सिर्जनाकाे सम्वाहक भएको वताउनु भयो । उहाले नेपाल विद्यार्थी संघ नेपालकै सर्वाधाकि लोकप्रिय र शक्तिाशाली, ठूलो संगठनको रुपमा नेपाली विद्यार्थीहरुले स्थापित गरेको वताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका अर्का जिल्ला सचिव जयन्द्र घिसिङले विद्यार्थीहरु एकजुट भएर राष्ट निर्माणमा लाग्नु पर्नेमा जोड दिनु भयो । पाख्रीवास नगरपालिकाका मेयर तथा जिल्ला सदस्य ज्ञान वहादुर गुरुङले विद्यार्थीहरु अव विदेश पलायन नभई आफुले प्राप्त गरेको ज्ञान र शिपलाई स्वदेशमानै प्रयोग गरेर समृद्ध नेपाल वनाउनु पर्नेमा जोड दिनु भयो । भने नगर सभापती प्रेम भण्डारीले क्याम्पसमा नेपाल विद्यार्थी संघको संगठन विस्तार र सुदृढीकरणका लागि नेपाली कांग्रेसले जहिले पनि सहयोग गर्ने वताउनु भयो ।
नेपाल विद्यार्थी संघ प्राकृति स्रोत व्यवस्थापन कजेल पाख्रीवासका सभापती सुरज आर्चायको अध्यक्षमा सम्पन्न अधिवेशनको उद्घाटनकाे क्रममा विद्यार्थी नेता तथा धनकुटा वहुमुखी क्याम्पसका नेविसंघका सभापती सुवास खनाल,अवधेश मण्डल,कौसल कोईराला लगायतले शुभ कामना मन्तव्य राख्दै ने वि संघ मात्र नेपाली विद्यार्थीहरुको हक अधिकार स्थापित गर्ने संगठन रहेको दावी गरे । कार्यक्रमको संचालन विद्यार्थी नेता भूमिका अधिकारीले गर्नु भएको थियो ।
अधिवेशनबाट सभापतिमा मेहता,वरिष्ट उपसभापति बिनिता ढकाल, उपसभापती हरुमा क्रमश:पवन घिमिरे,सुमेश कुमार यादव,विपना कटुवाल र बिमला पोखरेल ,सचिवमा उपास न्यौपाने,सहसचिव द्धयमा संजय यादव र सुजन थापा,कोषाध्यक्षमा उत्तम देवलाई चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा स्नेतहा दास,रोमन राई,साधना पौडेल,गरिमा सुब्बा,सुरजफ रजक,अंकित मंडल, प्रतिमा यादव,कृतिका पल स्वास्तिका पन्त,अमरलता मण्डल र दर्पण भट्टराई रहेका छन् । नविनिर्वाचित समितीलाई निर्वतमान सभापति सुरज आर्चायले आजै पद समेत हस्तान्तरण गर्नु भएकाे छ ।


