पूर्व राष्ट्रपति राजनीतिमा आउनु उचित होइन भनेर केन्द्रीय कमिटीले निर्णय गरिसक्यो, विद्या भण्डारी राजनीतिमा आउन सम्भव छैनः एमाले नेता राई

काठमाडौं, ८ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री राजेन्द्र राईले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउने च्याप्टर क्लोज भइसकेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले केन्द्रीय कमिटीले दुई/दुई पटक राष्ट्रपति भएको मान्छे राजनीतिमा आउनु उचित होइन भनेर निर्णय गरिसकेको उनले बताए । उनले भने, ‘केद्रीय कमिटीले नेपालको सन्दर्भमा राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा आउनु उचित होइन भनेर फैसला गरिसक्यो । यो कोर्श पूरा भइसक्यो ।’

एमालेले राजनीतिमा आउनु उचित हुँदैन भनेर निर्णय गरिसकेकाले अब विद्या भण्डारी त्यो बाटोमा जान उचित नहुने उनले बताए । साथै, उनले विगतको तुलनामा सरकारले धेरै राम्रो काम गरिरहेको बताए । उनले हिजोको तुलनामा के–कति विकास भयो भन्ने कुरा सूचकाङ्कमा हेरिनुपर्ने बताए । विगतको तुलनामा शिक्षा, स्वास्थ्य, गरिबी निवारण, सिचाईँ, पर्यटनलगायतको क्षेत्रमा उल्लेख्य प्रगति भएको उनले बताए ।

‘हिजोको तुलनामा सूचकाङ्क हेर्नु न तपाईँले । विकास भयो वा भएन सूचकाङ्क हेर्ने, गरिबी घट्यो, घटेन । जनताको इनकम बढ्यो, बढेन । सुशासन के छ, स्वास्थ्यका क्षेत्रमा के छ, सडक, सिचाईँ र पर्यटनको बारेमा के छ भन्ने कुरा सूचकाङ्क हेरेर बोल्नु न । थाहा भइहाल्छ नि,’– उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।