नेपालमै पहिलो पटक ‘गजल, सङ्गीत र ललितकला उत्सव’ हुने

काठमाडौं, १० भदौं । नेपालमै पहिलो पटक ‘गजल, सङ्गीत र ललितकला उत्सव’ हुने भएको छ ।

१४ भदौ २०८२ शनिबार दिउँसो १ बजे गजलको विकास, विस्तार र परिष्कारमा सक्रिय संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा नेपाली सङ्गीत प्रवर्द्धनमा क्रियाशील गोल्डेन क्रियसनको आयोजनामा उक्त उत्सव हुने बताइएको छ ।

उत्सवमा नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले सहकार्य गरेका छन् ।

उत्सवमा सातवटै प्रदेशका स्रष्टाका राष्ट्रिय भावमा लेखिएका गजलहरूलाई विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले आफ्नै सङ्गीत र स्वरमा प्रस्तुत गर्ने कार्यक्रम संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले जानकारी दिए ।

प्रस्तुत गजलमाथि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पदाधिकारी एवं परिषद् सदस्यहरूले चित्र बनाउने छन् । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’का अनुसार यस उत्सवले पहिलो पटक गजल, सङ्गीत र ललितकलालाई एकै ठाउँमा प्रस्तुत गर्ने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।