करिश्मा मानन्धरको तीज सन्देशः “महिला समाजको आधारस्तम्भ हुन्”

काठमाडौं, १० भदौं । नेपाली चलचित्रकी सदाबहार सुन्दर अभिनेत्री करिश्मा मानन्धरले हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै नारी शक्ति, साहस र स्वतन्त्रतालाई सम्मान गर्न आह्वान गरेकी छन्।

 

मानन्धरले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “परम्परा र संस्कृतिसँगै यो पर्वले नेपाली महिलाको पीडा मात्र होइन, उनीहरूको शक्ति, साहस र स्वतन्त्रताको यात्रालाई पनि उजागर गरोस्। यो उत्सवले बुझाओस्— महिला संस्कृतिको आभूषण मात्र होइनन्, समाजको आधारस्तम्भ हुन्।”

 

उनले थपिन्, “तीज केवल सांस्कृतिक पर्व मात्र होइन। यसले समाजमा महिलाको योगदान, अधिकार र सशक्तिकरणको महत्वलाई स्मरण गराउँछ। महिलाको सम्मान र सशक्तिकरण बिना समाजको वास्तविक विकास सम्भव छैन। हाम्रो संस्कृति र परम्पराले पनि यसलाई आत्मसात् गर्नुपर्छ।”

 

मानन्धरको यो सन्देश सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरैले महिलाको भूमिकाबारे चर्चा गर्दै नारी सशक्तिकरणलाई अझै सबल बनाउनुपर्ने आवाज उठाएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।