‘भुटान यात्रा एक, अनुभूति अनेक’ पुस्तक विमोचित

काठमाडौं – परराष्ट्र मन्त्रालयका उपसचिव भुवन पौडेलले ‘भूटान : यात्रा एक, अनुभूति अनेक’ पुस्तक ल्याएका छन्।

बालुवाटारमा बुधबार साँझ एक कार्यक्रमको आयोजना गरी उनले आफ्नो संस्मरण पुस्तक विमोचन भयो।

भुटानका पूर्वआर्थिक तथा प्राकृतिक स्रोत मन्त्री लोकनाथ शर्मा, नेपालका लागि कुवेतका पूर्वराजदूत मधुवन पौडेल, पूर्ववन मन्त्री यदुवंश झा, भुटानका पर्यटन व्यवसायी भीम शर्मालगायतले सामूहिक रुपमा पुस्तक विमोचन गरे।

गत वर्ष असारमा चार दिने भ्रमणमा गएका बखत संस्मरणमा रहँदा आफूले देखेको-भोगेको बहुआयामिक पक्षलाई समेटेर पुस्तक तयार पारेको विमोचनमा पौडेलले बताए।

“यात्राका क्रममा सकेसम्म जानकारीहरू टिपोट गर्ने र यात्रापछिका अनुभवलाई समेटेर भूटानको भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षहरूको बारेमा वर्णन गरेको छु,” पौडेलले भने।

विमोचनमा आफ्ना कुरा राख्दै भुटानका पूर्वमन्त्री शर्माले नेपालमा आएको बखत भूटानको बारेमा लेखिएको किताब विमोचन गर्न पाउँदा खुसी लागेको बताए। उनले भुटान र नेपालको सदियौंदेखिको पारस्परिक सम्बन्ध रहेको भन्दै भुटान आएर त्यहाँको पर्यटन, सांस्कृतिक विकास हेर्न नेपालीलाई आह्वान गरे।

पूर्वराजदूत पौडेलले आफूले परराष्ट्र क्षेत्रमा रहँदा कुनै पनि यस्ता खालका किताब ल्याउन नसकेको भन्दै किताबले भुटानका ऐतिहासिक पक्षहरूलाई उजागर गरेको बताए।

“भुटानले शिक्षा, स्वास्थ्यमा राज्यको भूमिका र पछिल्लो समयको पर्यटन नीतिबाट लेखक एकदमै प्रेरित भएको कुरा पुस्तकमा उल्लेख छ,” पौडेलले भने।

जलवायु परिवर्तनका कारण नेपालको पर्यावरणमा देखिएको समस्या र निम्तिरहेको विनाशका सन्दर्भमा भुटान भून्य कार्वन उत्सर्जन गर्न सफल भएको तथा यसका लागि पर्यावरण-विकासबीचको तालमेल धेरै मुलुकका लागि अनुकरणीय हुने पौडेलले बताए।

“नेपालले भूटानले अपनाएको पर्यावरणको नीति अवलम्बन गर्न जरुरी छ,” पौडेलले भने, “त्यसका निम्ति यो पुस्तक सहयोगी बन्छ।”   

पुस्तकका लेखक उपसचिव पौडेलले भुटानको चार दिने भ्रमणका क्रममा आफूले देखेको-भोगेको अनुभवले अन्तर्राष्ट्रिय सम्बन्धमा चासो राख्ने र अध्ययन गर्नेहरूलाई रुचीको विषय बन्न सक्ने बताए।

कार्यक्रममा परराष्ट्र सम्बन्धी चासो तथा जानकारी राख्ने नेपालका धार्मिक अभियन्ता प्रदीप खनाल, परराष्ट्र मन्त्रालयका अन्य कर्मचारीहरूको समेत उपस्थिति थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।