कोशी प्रदेश सरकारले ल्याएको विवादास्पद आमसञ्चार विधेयक तत्कालका लागि स्थगित

विराटनगर । कोशी प्रदेशसभाले ल्याएको विवादास्पद आमसञ्चार विधेयक तत्कालका लागि स्थगित भएको छ।

कोशी प्रदेशसभाको भदौ १३ र १५ गतेको कार्यसूचीबाट आमसञ्चार विधेयक हटाइएपछि यस विषय तत्काल स्थगित भएको हो ।कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेशसभाको कार्यसूचीमा आमसञ्चार विधेयक नभएको बताए ।

बिहीबार बसेको कार्यव्यवस्थाको बैठकले उक्त विधेयक तत्कालका लागि कार्यसूचीमा नराख्ने निर्णय गरेको उनले जानकारी दिए।उनका अनुसार आगामी १३ गते तथ्यांकसम्बन्धी विधेयक पारित गर्ने र १५ गते भाषा सम्बन्धी विधेयकलाई समितिमा पठाउने कार्यसूची तय गरिएको छ।तर, आम सञ्चार विधेयक भने एजेन्डामा नरहेको बताइएको छ । प्रेस स्वतन्त्रताविरोधी भनिएको र आफू पत्रकारमैत्री रहेको उनले उदृत गरे ।

आमसञ्चार विधेयकको विषयलाई लिएर पत्रकार महासंघ आन्दोलित छ । उक्त विधेयक तत्काल कार्यसूचीबाट हटाइएसँगै यो विधेयक थन्किएको छ । सरकारले चालू अधिवेश भदौ १५ पछि अन्त्य गर्ने तयारी गरेको छ ।
यससँगै चालू अधिवेशनमा यो विधेयक पारित नहुने निश्चित भएको छ ।

समाचार लेखेकै आधारमा पत्रकारलाई दण्डित गर्नेगरी विधेयक ल्याइएको भन्दै महासंघले चरणबद्ध आन्दोलन सुरु गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।