चलचित्र ‘माइतीघर’ को शीर्ष गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक (भिडियो सहित)

इटहरी । नेपाली फिल्म ‘माइतीघर’ले फेरि एकपटक दर्शकलाई पुरानो स्मृतिसँगै नयाँ स्वाद दिने जमर्को गरेको छ । आगामी दशैंको फूलपातीका दिन अर्थात् असोज १३ गतेदेखि सार्वजनीक प्रदर्शनमा आउन लागेको यस फिल्मले आफ्नो शीर्ष गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक गरेको छ । धेरै प्रतिक्षापछि यो गीतलाई निर्माण युनिटले ओएसआर डिजिटलमार्फत सार्वजनिक गरेको हो ।

सार्वजनीक गीतमा गायिका सञ्जिवनीको स्वर छ भने शब्द किरण खरेल र संगीत दिवंगत जयदेवको रहेको छ । यसअघिको पुरानो गीतमा चर्चित गायिका आशा भोस्लेको स्वर रहेको थियो । यसपटक निर्माता रोहित अधिकारी र उनको टिमले बहुचर्चित गीतलाई नयाँ रूप दिएर पुनः दर्शकमाझ ल्याएका हुन् ।

सार्वजनिक भिडियोमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको आकर्षक नृत्य देख्न सकिन्छ । आकर्षक लोकेशन, दर्जनौं कोरस डान्सर र मानकृष्ण महर्जन, सुशन प्रजापतिको सुन्दर छायांकन कलाले भिडियोलाई उत्कृष्ठ बनाएको छ । भिडियोको अर्को आकर्षक पाटो भनेको यसमा नेपालको चुच्चे नक्सालाई मेहनतका साथ प्रस्तुत गरिएको छ । सुन्दर पहाडमा नेपालको झण्डा बोकेर नृत्य गरेकाे दृश्यले मन आनन्दित बनाउँछ ।

सार्वजनीक गीतको भिडियोलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । कोरियोग्राफीमा कविराज गहतराज रहेका छन् । निर्देशक मिलन तामाङले निर्देशन गरेको फिल्ममा रबिन शेरचन र धिरज तामाङको लगानी छ भने, ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता हुन् ।

रामशरण पाठकको लेखन र चन्द्रकुमार दोङको कथा समेटिएको फिल्ममा केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ ।

फिल्मका निर्माण युनिटले यो गीतमा यसअघि नै नृत्य प्रतियगिताको घोषणा गरेको थियो । प्रतियोगीतामा सहभागी हुन इच्छुकले ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो पठाउनु पर्नेछ । जसबाट उत्कृष्ट १ जनालाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्माता रोहित अधिकारीले जानकारी गराए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।