धनकुटा सिनेमा हलमा “कोशेढुङ्गा”,दर्शकका आँखा रसाउने चलचित्र
धनकुटा, १४ भदौ । बहुप्रतिक्षित चलचित्र कोशेढुङगाको चर्चा धनकुटामा समेत व्यापक भएको छ ।
प्रर्दशन सूरु भए संगै निकै चर्चामा रहेको यो चलचित्र हेर्न धनकुटा सिनेमाघरमा पुग्ने लाई चलचित्रले मनोरञ्जन संगै रुवावाने समेत गरेको छ ।
नेपालको वर्तमान समयको चित्रण गरिएको सिनेमा हेर्ने अधिकांश दर्शका आँखा रसाउने गरेको पाइएको छ । छिल्लो समय मुर्झाएको नेपाली सिने क्षेत्रलाई कोशेढुँगाले प्राण भर्ने अपेक्षा गरिएको छ ।
प्रारम्भिक संकेतले सिनेमाप्रति दर्शकको रूझान गजबको देखिएको छ ।


