नेपालमा पहिलाे पटक ‘गजल, सङ्गीत र ललितकला उत्सव’ सम्पन्न

काठमाडौं, १५ भदाैं । नेपालमै पहिलो पटक ‘गजल, सङ्गीत र ललितकला उत्सव’ सम्पन्न भएको छ ।

 

१४ भदौ २०८२ शनिबार दिउँसो १ बजे गजलको विकास, विस्तार र परिष्कारमा सक्रिय संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा नेपाली सङ्गीत प्रवर्द्धनमा क्रियाशील गोल्डेन क्रियसनको आयोजनामा उक्त उत्सव भएको हो ।

उत्सवमा नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले सहकार्य गरेका छन् ।

उत्सवमा सातवटै प्रदेशका स्रष्टाका राष्ट्रिय भावमा लेखिएका गजलहरूलाई विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले आफ्नै सङ्गीत र स्वरमा प्रस्तुत गरेका थिए । सुदूरपश्चिम प्रदेशबाट भुवन निस्तेज, कर्णालीबाट कुशलनाथ योगी, लुम्बिनीबाट सन्तोष श्रेष्ठ, गण्डकीबाट देवेन्द्र के। सी। ुदेवुु, बाग्मतीबाट राधा कणेल, मधेशबाट विवश पौडेल र कोसीबाट रश्मि असफलका तथा आयोजक संस्था अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कार र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाका गजलहरू प्रस्तुत गरिएका थिए ।

गाइएका गजलहरूमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ुथुम्केलीु तथा प्राज्ञ परिषद् सदस्यहरू अरुणा हिङमाङ्ग, सौरगङ्गा दर्शनधारी, संजय वान्तवा, प्रदीप अधिकारी (सुशान्त), दिनेश्वर महतो र पाल्साङ्मो लामाले चित्र बनाएका थिए ।

 कार्यक्रम संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले नेपाली वाङ्मयका ३ विधा गजल सङ्गीत र साहित्यलाई एकै थलोमा प्रस्तुत गरिएको र त्यसमाथि राष्ट्रिय भावका गजलको गायन नेपालमै पहिलो भएको जानकारी दिए ।

कवि, समालोचक प्रा। डा। देवी नेपालले सातै प्रदेशका राष्ट्रिय भावका गजलहरू समेटेर गायनमा प्रस्तुत गर्नु र त्यसमा सान्दर्भिक चित्रसमेत बनाउनु ऐतिहासिक कार्य भएको भन्दै आयोजक संस्थालाई बधाई दिए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ९प्रगति०ले यस्तो ऐतिहासिक कार्यक्रममा सहकार्य गर्न पाउँदा प्रतिष्ठानले गर्व अनुभव गरेको बताइन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले सबै भूगोल समेटेर प्रतिनिधि रूपमा गजलकार छनोट गरी साहित्य, सङ्गीत र ललितकलालाई एकै थलोमा प्रस्तुत गर्ने काम महत्त्वपूर्ण रहेको र त्यसमा प्रतिष्ठानसमेत जोडिन पाउँदा खुसी लागेको बताए ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रम सौहार्द, भव्य र सफल भएको भन्दै गजल, सङ्गीत र ललितकलाको अभूतपूर्व सङ्गमको साक्षी र सहभागी हुन पाएकामा हर्ष व्यक्त गरे । उनले यस्ता कार्यक्रमहरूले नेपाली वाङ्मयको विकासमा अर्थपूर्ण योगदान दसने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।