धरानमा एमालेको बहिष्कारका बाबजुद हर्क साम्पाङले गरे बजेट पारितको घोषणा

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा (एमाले)को बहिष्कारका बाबजदु बजेट पारित भएको घोषणा गरेका छन् ।

आज एमालेका जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गरेपछि मेयर, उपमेयर र वडाध्यक्षसहित ११ जनाको उपस्थितिमा हर्कले बजेट पारित भएको घोषणा गरेका हुन् ।

तर, महानगरका प्रवक्ता मनोज भट्टराईले बजेटबारे अझै छलफल भइरहेको बताए । “आजको बैठकको विषयमा छलफल भइरहेको छ । अब के गर्ने भन्ने पछि खुल्छ,” उनले भने ।अब अर्को कार्यपालिका र नगरसभामा पुनः पेस गर्नुपर्ने हुन सक्ने उनले बताए ।

बैठकमा एमाले नगर कार्यदलका प्रमुख सचेतक अनुप देवान र धरान १० का वडाध्यक्ष विवेक राईले बजेट पुनर्लेखन गरेर पेस गर्नुपर्ने मागसहित पाँचबुँदे पत्र बुझाएका थिए । तर, उनीहरूको माग मेयरले बेवास्ता गरिदिएका हुन् ।

धरान उपमहानगरमा २० वडा छन् । जसमध्ये एमालेले १०, कांग्रेसले सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई र नेकपा (माओवादी केन्द्र)ले उपमेयर र एउटा वडा जितेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।