रास्वपाले छान्यो रुपन्देही–३ उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार
काठमाडौ । रुपन्देही–३ उपनिर्वाचन (कात्तिक १७) का लागि रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार बन्ने भएका छन्।
सिद्धार्थनगर–९ अञ्चलपुरका थापा प्राइमरी इलेक्सन, लिडरशिप एकेडेमी र पोलिटिकल प्रोक्जिमिटी प्रक्रियामा अन्य ८ जनालाई पछि पार्दै अगाडि आएका हुन्।
निर्वाचन समितिको औपचारिक घोषणा भने अझै बाँकी छ।


