माओवादी केन्द्र साखेजुङको अध्यक्षमा जयन्ती राई
इलाम । नेकपा (माओवादी केन्द्र) इलाम नगरपालिका वडा नं १ साखेजुङमा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ ।
प्रथम भेलाबाट जयन्ती राईको अध्यक्षतामा वडा समिति गठन गरिएको छ।
नवगठित समितिको उपाध्यक्षमा पूर्णबहादुर राई ,सचिवमा विशाल राई, सहसचिवमा इन्दु बराइली, कोषाध्यक्षमा चन्द्र कटवाल छन् ।
सदस्यहरूमा राम राई, नर्बु शेर्पा, दानबहादुर तामाङ, मीनबहादुर कटवाल, भीम थापा, पासाङ शेर्पा, जिया राईलगायत छन् ।


