विराटनगर महानगरका मेयर कोइरालाको अष्ट्रेलिया भ्रमणमा अनाथाश्रम सञ्चालनका लागि पहल गरिने

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला अष्ट्रेलियाको भ्रमणमा निस्किएका छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियालगायत विभिन्न नेपाली समुदायका संघ–संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुन उनी शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

मेयर कोइरालाको अष्ट्रेलिया भ्रमणलाई औपचारिक बनाउँदै उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेललगायत महानगरका कर्मचारीहरूले काठमाडौं प्रस्थानअघि कार्यालयमा विदाई गरेका थिए ।

महानगरपालिकाका अनुसार अष्ट्रेलिया बसाइका क्रममा मेयर कोइरालाले विराटनगर–८ मा सञ्चालनको तयारी भइरहेको अनाथाश्रमका लागि आवश्यक सहकार्य र स्रोत परिचालनमा पहल गर्नेछन् । यस विषयमा अष्ट्रेलियामा रहेका नेपाली समुदाय, सामाजिक संस्था तथा सम्भावित दाताहरूसँग छलफल गरिने जनाइएको छ ।

मेयर कोइराला यसअघि इजरायलको भ्रमणमा समेत गएका थिए । त्यहाँ उनले कृषि, पूर्वाधार तथा सहरी विकासका विविध पक्षमा अध्ययन भ्रमण गरेका थिए । इजरायल–इरान युद्धका कारण मेयर कोइराला भ्रमण छोट्याएर फर्किएका थिए ।

अष्ट्रेलिया भ्रमणमा उनले सिड्नी, मेलबर्नलगायतका सहरहरूमा आयोजना हुने विभिन्न अन्तरक्रिया, सम्मेलन तथा भेटघाट कार्यक्रममा भाग लिने कार्यक्रम रहेको छ । विशेषगरी अष्ट्रेलियामा रहेका नेपालीहरूबीच विराटनगरको समग्र विकासका लागि सहयोग जुटाउने उद्देश्यका साथ उनले आफ्ना प्रस्तावहरू राख्ने मेयर कोइरालाको सचिवालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖