अनेरास्ववियु अध्यक्ष कडरियाले दिए पदबाट राजीनामा
काठमाडौ । अनेरास्ववियु अध्यक्ष सुजन कडरियाले विद्यार्थी राजनीतिमा असफलता महशुस गर्दै अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
उनले विद्यार्थीको प्राण रक्षा गर्न नसकिएको भन्दै यसलाई आफ्नो जीवनको “सबैभन्दा कालो दिन” भनेका छन्।
कडरियाले अब जनताको सेवामा निरन्तर लाग्ने प्रतिबद्धता जनाउँदै सरकार आन्दोलन दवाउन खोजेको भन्दै चे’तावनी दिएका छन्।


