धनकुटामा निषेधाज्ञा जारी
धनकुटा,२६ भदौ । धनकुटामा निषेधाज्ञा जारी गरिएको छ ।
आज विहान ११ बजे देखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम धनकुटा जिल्लाभर कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी भएको आदेशमा उल्लेख छ ।
यस आदेशको उल्लघंन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर कानुन बमोजिम कारवाही हुने पनि आदेशमा भनिएको छ ।
गत २३ गते काठमाडौ उपत्यका लगायत देश भरका विभिन्न स्थानहरुमा भएको जेनजीको प्रदर्शन पश्चात् उत्पन्न परिस्थिति र जिल्लाको शान्ति सुरक्षाको अवस्थाको विश्लेषण गर्दै आदेश जारी गरिएको हो ।



