धनकुटाका यी क्षेत्रमा कर्फ्यू आदेश जारी
धनकुटा,२६ भदौ । धनकुटामा पु:न कर्फ्यू आदेश जारी भएको छ ।
प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश अनुसार आज बेलुकी ८ बजे देखि भोलि २७ गते विहान ४ बजे सम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको उत्तरमा कागते, पूर्वमा खनिया वास,पश्चिममा औद्योगिकग्राम र दक्षिणमा- चुलिवन क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।
कर्फ्यू आदेश जारी गरिएको क्षेत्र भित्र कसैले पनि आवतजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने जनाइएको छ ।
कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटन सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु आवागमनमा सुरक्षाकर्मीहरुवाट सहजीकरण हुने जारी सुचनामा उल्लेख छ ।



