समाचारको विषयलाई लिएर पत्रकार शाक्यलाई एमालेका नेता महेश बस्नेतले दिएको धम्कीप्रति पत्रकार महासंघको आपत्ति
काठमाडौ समाचारको विषयलाई लिएर पत्रकार टेकमान शाक्यलाई नेकपा एमालेका नेता महेश बस्नेतले दिएको धम्कीप्रति पत्रकार महासंघले आपत्ति जनाएको छ ।
शनिबार महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई धम्की दिने यस घटनाका महासंघले निन्दा र भर्त्सना गर्ने उल्लेख छ ।
समाचारको विषयलाई लिएर महेश बस्नेत र उनको नाम लिएर अन्य केही व्यक्तिले बारम्बार ज्यानै लिनेसम्मका धम्की दिएको पत्रकार शाक्यले बताएका छन् । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक शाक्यलाई शुक्रबार विहानदेखि बस्नेत र उनको समूहले फोन र म्यासेजमार्फत् धम्की दिएको थियो ।
बस्नेत स्वयं र उनका सहयोगी व्यक्तिले आतंकित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको महासंघले विज्ञप्तिमा जनाएको छ । घटनाबारे महासंघ प्रतिष्ठान प्रदेश समितिले पनि विज्ञप्ति जारी गरिसकेको छ ।
‘समाचारको विषयलाई लिएर नेप्लिज टाइम्स डटकमका सम्पादक शाक्यलाई बारम्बार धम्की आएको महासंघ प्रतिष्ठान प्रदेश समितिले जनाएको छ ।



