कांग्रेस धनकुटाद्वारा जेनजी आन्दोलनमा मृत्यु भएकाको सम्मानमा दिप प्रज्वलन
धनकुटा । यही भदौं २३ र २४ गते जेन जी आन्दोलनका क्रममा मृत्यु भएका सहिदहरुको सम्मानमा नेपाली कांग्रेस धनकुटाले हिजो साँझ दिप प्रज्वलन गरेको छ ।
नेपाली कांग्रेस धनकुटाको आयोजनामा जेन जी आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरु र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै धनकुटा नगरपालिका वडा नं. ७ मा रहेको चुवा बोटमा दीप प्रज्वलन गरेको हो ।


