सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिउँसो ३:३० बजे आफ्नो पदभार ग्रहण गर्ने
काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल आज दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लाग्नुभएको छ।
राष्ट्रपति कार्यालयले शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे तय गरेको छ। सपथ लगत्तै, खरेलले दिउँसो ३:३० बजे आफ्नो पदभार ग्रहण गर्नुहुनेछ।
यसअघि उक्त मन्त्रालयको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङले सम्हाल्दै आउनुभएको थियो।


