गाउँका हाटबजारमा दसैंको चहलपहल सुरु

धनकुटा, ६ असोज । जता बाटो उतै व्यापार भनेझै, सडक संञ्जाल विस्तार भएका धनकुटाको ग्रामिण इलाकामा लाग्ने साप्ताहिक बजारहरुमा दसैं बजारको चलहपहल सुरु भएको छ । दशैं तिहार नजिकिएसँगै धनकुटाका साप्ताहिक, पाक्षिक बजारमा किनमेल गर्ने सर्वसाधारणको बढ्न थालेका हुन् ।

प¥याप्त हाटबजारको सुविधा नभएका स्थानमा लाग्ने यस्ता हाट बजारमा दसैं, तिहार नजिकिएसँगै बोका खसी र मासु जन्य पंक्षिको बिक्रिगरी चार्डपर्वका लागी चाहिने सामग्री जोहो गर्नेको घुइचो लाग्न थालेको हो । संस्कृतिक पर्व भनिए पनि दशै तिहार लाई आर्थिक कारोबारको गतिलो समय मानिन्छ । गाँउ–गाँउबाट खसी, बोका, बंगुर कुखुरा लगायतका पशु तथा मासुजन्य पंछी लिएर बिक्रिका लागि आउनेको संख्या यस्ता बजारमा बढ्दै गएको छ ।

भर्खरै भएको मुलुकको राजनैतिक परिवर्तन र त्यस बाट देश भर उत्पन्न भएको परिस्थिती बाट बाहिर निस्किदै सर्वसाधारण नियमित काममा फर्किए संगै गाउँघरका साप्ताहिक र पाक्षिक बजारमा दसैंको चहल पहल सुरु भएको धनक्टाको साँगुरीगढीका प्रताप लिम्बुले बताए । धनकुटा सदरमुकाम सहित धरान इटहरीका व्यापारी समेत खसी बोका खरिदका लागि गाउँघर पुग्न थालेका छन् जसले गर्दा गाउँघरमा समेत दसैंले माहोल विस्तारै सुरु भएकोे छथरजोरपाटी गाउँपालिकाका स्थानिय तथा खसी बोका पालका किसान उपेन्द्र राईले बताए ।

सडक संञ्जाल विस्तार भएसँगै गाउँमै खुल्न थालेका पसलले गर्दा सदरमुकाम र चल्तीका मानिएका व्यापारिक केन्द्रमा भने व्यापार खस्कीदै गएको र यो वर्ष त झनै राजनैतिक कारण व्यापारमा मन्दी भएको व्यापारीहरुले बताएका छन । सडक बिस्तार भए पनि यातायत पुग्न नसकेका स्थानका सर्वसाधरण भने किनमेलका लागि सदरमुकामनै आउने गरेका छन ।

दसैं लाई खालि संस्कृतीक पक्षले मात्र नहेरी यस लाई आर्थिक पक्षले हेर्दा गाउँका हाट बजारले स्थानिय अर्थतन्त्र लाई चलयमान बनाउँने गरेको धनकुटा बहुमुखी क्यापसका अर्थशास्त्रका प्राध्यापक काशीनाथ कट्टेल बताउँछन् । तर यसो भन्दै गर्दा चाडपर्वका नाममा हुने अत्याधीक खर्च गर्ने नहुँने र आफ्नो आयका अधारमा खर्च गर्नु पर्ने उनको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।