धनकुटामा पिकअप र मोटरसाइकल ठोक्किंदा दुई जना घाइते

धनकुटा,७ असोज । धनकुटामा पिकअप र मोटरसाइकल एकापासमा ठोक्किंदा दुई जना घाइते भएका छन् ।

आज दिउंसो धनकुटा नगरपालिका ६ स्थित भित्री सडक खण्डमा भिमनारायण चौकबाट नगरपालिका जादै गरेको को १ च ९९३८ नम्बरको पिकअप र बिपरित दिशाबाट आउदै गरेको को २६ प ७७७ नम्बरको मोटरसाईकल एक आपासमा ठक्कर खाई दुर्घटना हुंदा मोटरसाइकल चालक धनकुटा नगरपालिका वडा नम्बर ५ बस्ने ५१ बर्षिया लोकमणी घिमिरे र उहांको आमा ७६ बर्षिया पार्वती घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घिमिरेको घुंडामा चोट लागेको र अवस्था सामान्य र आमाको टाउकोमा चोट लागेको साथै अवस्था मध्यम रहेको छ ।

दुबै जना घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाइएकोमा सामान्य उपचार पश्चात दुवैजना घाईतेलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा तर्फ रेफर भएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।