अन्तरिम सरकारद्वारा सांसद र मेयर सहित पदाधिकारीका स्वकीय सचिव सुविधा खारेज
काठमाडौ । अन्तरिम सरकारले सांसद, मेयरसहित विभिन्न राजनीतिक पदाधिकारीहरूलाई उपलब्ध स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ।
अर्थ मन्त्रालयले केन्द्रका मन्त्रालय, प्रदेश र स्थानीय तहलाई पत्राचार गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख तथा नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरूबाहेक अन्य राजनीतिक पदाधिकारीलाई स्वकीय सचिवको सुविधा उपलब्ध नगराउने निर्णय कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो।
यस निर्णयसँगै सांसद, उपमेयर, मेयर, उपाध्यक्ष, अध्यक्षलगायतका पदाधिकारीहरू अब स्वकीय सचिवको सुविधा लिन नपाउने भएका छन्।


