कोशी प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय भोजपुरको निरीक्षण

भोजपुर, ९ असोज । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय भोजपुरको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा वँहाले कार्यलय भवन, मेस, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन र नागरिकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

निर्देशनको क्रममा वँहाले नेपाल प्रहरीको मुल्य मान्‍यतामा आधारित रहि संगठनबाट भए गरेको नीति निर्देशनहरुको अक्षरस पालना गर्दै संगठनात्मक तथा व्यक्तिगत लक्ष्य प्राप्तिको लागी सदैव उत्प्रेरित भई पेशागत ज्ञान तथा क्षमता अभिबृद्धी गरी अब्बल रहन र प्रहरी कर्माचारीहरु बिचमा सामुहिक भावनाको बिकाश गर्दै आफ्नो कर्तब्यमा तल्लिन रहन निर्देशन दिनुभयो । साथै आई पर्ने आरोह अबरोहहरुलाई पार गर्दै जनताको मन जित्न सफल बन्दै जानु पर्ने बताउनु भयो ।

वहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गरी समाजमा अपराध न्युनिकरण गर्न सकिने बिश्वास ब्यक्त गर्नुभयो । साथै शान्ति सुरक्षा कायम राख्न तथा अपराधिक गतिबिधि नियन्त्रण गर्नको लागि कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउनका वँहाले निर्देशन दिनुभएको छ ।

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक राजु लामाले प्रदेश प्रहरी प्रमुख कार्कीलाई भोजपुर जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु लगायतका विषयहरुमा अवगत गराउनु भएको थियो भने प्रदेश प्रहरी प्रमुख कार्कीले इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङ भोजपुरको समेत निरीक्षण गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖