धनकुटाको पाख्रिबासमा बजार अनुगमन, म्याद गुज्रिएका सामान नष्ट

धनकुटा,१० असोज । धनकुटाको पाख्रिबास नगरपालिका ४ स्थित पाख्रिबास बजारमा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । आज पाख्रिबास बजार क्षेत्रका ८ किराना तथा खुद्रा पसलको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका र अखाद्य बस्तुलाई नष्ट गरिएको छ ।

केही पसलहरुमा मूल्य सूची नराखेको पाइएको र कैफियत भेटिएका पसलहरुलाई सचेत गराइएको छ ।

घरेलु तथा साना उद्योगको कार्यालय धनकुटाका अधिकृत बिकास कार्की लगायतको टोली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटा,इलाका प्रहरी कार्यालय पाख्रिबास,उद्योग वाणिज्य सङ्घ पाख्रिबास,वडा ४ का वडा अध्यक्ष सहितको टोलीद्वारा बजार अनुगमन गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।