धनकुटामा लोबेट ट्रक दुर्घटना,चालक घाइते

धनकुटा,११ असोज । धनकुटामा लोबेट ट्रक दुर्घटना हुंदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा ट्रक चालक झापाको विर्तामोड नगरपालिका १ बस्ने ३० बर्षिया गणेश टुडु रहेका छन् ।

आज बेलुका साँगुरीगढी गाँउपालिका ६ भेडेटार स्थित कोशी लोक मार्गमा धनकुटाबाट धरान तर्फ जादै गरेको प्रदेश १-०२-००२ ख ००९० नम्बरको लोबेट ट्रक अनियन्त्रित भई बाटोबाट अन्दाजी ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।

घाइते भएका टुडुको टाउकोमा चोट लागेकोले अवस्था गम्भिर रहेकोमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले चालकलाई उद्धार गरी उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

दुर्घटना भएको उक्त खाली ट्रकमा चालक मात्रै रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।