धनकुटामा सहिद रिदामा र राम्लिहाङ आठपहरियाको शालिकमा रङ्गरोगन

धनकुटा । धनकुटाको चुलिवनस्थित पार्कमा रहेको साँस्कृतिक सहिदद्वय रिदामा र राम्लिहाङ आठपहरियाकाे प्रतिमामा अभियन्ताहरूले रङ्गराेगन र परिसरमा सरसफाइ गरेका छन् ।

साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा सन् १८६७ मा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई साँस्कृतिक अभियन्ताहरूले यस वर्ष पनि स्मरण गर्दै शालिक परिसरमा सरसफाइ र रङ्गराेगन गरेका हुन् ।

सहादत प्राप्त गरेको १५९ औँ स्मृति दिवसको सन्दर्भमा नेपालका अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गर्दै प्रतिमामा रङ्गराेगन गरेको निमा पाेङ्सुवाले जनाए ।आठपहरिया समाज धनकुटाकी पूर्व अध्यक्ष सरु कुमारी आठपहरियाकाे उपस्थितिमा पाेङ्सुवासहित अन्य साँस्कृतिक अभियन्ताहरू जनकऋषि चाम्लिङ राई, दिनेश बान्तावा राई र अमित थेवेकाे टाेलीले चुलिवन पार्कमा पुगेर सरसफाइसहित रङ्गराेगन गरेको थियोे । यस कार्य सम्पन्न गर्न अमेरिकामा रहेका अभियन्ता सुरेश चाम्लिङले साैजन्य गरेका थिए ।

धनकुटाको चाम्जिबुङका आठपहरीयाद्वय सहिद भएको स्मरणमा यसपटक पनि स्मृति सभा हुने भएको छ । विगत सात वर्षदेखि बेलायत र छ वर्षदेखि नेपालमा सहिदहरूकाे स्मरण र प्रतिमामा माल्यार्पण गरिँदै आएको छ । यसपटक अक्टोबर २ तारिख तद्नुसार असाेज १६ गते चुलिवनमा स्मृति सभा हुने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।