धनकुटामा प्रहरी सहायक निरीक्षक गोपाल राई भदौ महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित

धनकुटा,१३ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा प्रहरी सहायक निरीक्षक गोपाल राई भदौ महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटा प्रबन्ध शाखा दरबन्दी भई हाल प्रहरी चौकी मुढेवास धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक राईलाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०८२ साल भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

राईले विभागीय मूल्य-मान्यता, आदेश- निर्देशनको पालना गरी उच्च मनोबलका साथ आफ्नो पदीय जिम्मेवारी प्रति पूर्ण बफादार रहि कार्य सम्पादन गर्ने क्रममा आफ्नो जिम्मेबार एरिया इलाका भित्र कुनै किसिमका अवान्छित गतिबिधीहरु हुन गर्न नदिई स्थानिय नागरिकहरुसँग समन्यव गरी शान्ति सुरक्षा मजबुत बनाउने कार्य गर्नुका साथै मिति २०८२।०५।२४ गते भएको देशब्यापी जेन्जी आन्दोलनको क्रममा झुम्का कारागारबाट भागी फरार रहेका कैदी जिल्ला धनकुटा चौबिसे गाँउपालिका वडा नम्बर २ धारापानी घर भई कर्तब्य ज्यान र जबरजस्ती चोरी मुद्धामा झुम्का कारागारमा २० बर्ष कैद र १,३०,०००।- (एक लाख तीस हजार) जरिवाना तोकी कैद भुक्तान गरी रहेका कैदी बर्ष ४६ को रमेश माङमी मगर र जिल्ला ‘धनकुटा चौबिसे गाँउपालिका वडा नम्बर ३ बाख्रेखोला घर भई अंगभंग मुद्दामा झुम्का कारागारमा ३० महिना कैद र २५०००।- (पच्चिस हजार) जरिवाना तोकी कैद भुक्तान गरी रहेका कैदी बर्ष ३४ को सिजन तामाङलाई पक्राउ गरी झुम्का कारागार पठाई उत्कृष्ट कार्य गरेको हुँदा जिल्ला प्रहरी कार्यालय धनकुटा प्रबन्ध शाखा दरबन्दी भई प्रहरी चौकी मुढेवास धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक गोपाल राईलाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।