हर्क साम्पाङले आफ्नो पार्टीको झण्डा नराख्ने
सुनसरी । राजनीतिक दल दर्ताका लागि कस्सिएका धरानका मेयर हर्क साम्पाङले आफ्नो पार्टीको झण्डा भने नरहने बताएका छन् ।
साम्पाङले आफैँ अध्यक्ष रहने गरी श्रम संस्कृति पार्टी नामक राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । सँगै उनले चुनाव ‘माटो’ प्रस्ताव गरेका छन् ।
आज बिहानै स्टाटस लेख्दै हर्कले झण्डा नराख्नुमा २ वटा कारण देखाएका छन् ।
उनले लेखेका छन्, ‘हाम्रो पार्टीको झण्डा रहने छैन । कारण २ वटा छन् । १। कपडाको नास गर्न चाहन्नौं । गरिबले नाङ्गो आङ ढाक्न नसकेको बेला करोडौँको कपडा च्यातेर झण्डा बनाउनु हुन्न । २। आफ्नो पार्टीको झण्डा बोक्न थाले देशको राष्ट्रिय झण्डाको माया नलाग्दो रैछ । त्यसैले हाम्रो पार्टीको झण्डा हुने छैन !,


