राष्ट्र निर्माण गर्ने सक्षम नागरिक बनाउन गृहणीको योगदान
मैया देवी पौडेल धमला । परिवार बालकको पहिलो पाठशाला हो।कोक्रो आमाको काखको यात्रा पार गरी टुकु-टुकु हिड्न सक्ने भएपछि हरेक बालकले आमा भोक लाग्यो, तिर्खा लाग्यो, नयाँ नाना लगाउने, नयाँ खेलौना दिनुन,पेट दुख्यो जस्ता मर्म स्पर्शी अनि मिठा र प्यारा शब्दहरु भन्ने सहज स्थान आमा नै हुन्।किनकि आमाले सबै कुरा हासी हासी सुनिमात्र दिन्नन स्वीकारी पनि दिन्छिन।

(लेखक)
लालन-पालनको जिम्मेवारी सम्हाल्दै विद्यालयको पहिलो द्धार सम्म पुर्याउने, पोशाक, पानी पिउने भाडो, खाजाको बन्दोबस्त गर्ने, विद्यालय लाने ल्याउने मात्र नभएर अलिकति फुर्सत निस्कने बितिकै संन्तानको भविस्यको चिन्ता र सहज सफलताको मार्ग पहिचानमा गम्भिर सोचमग्न हुन्छिन गृहणी।
समय चक्र संगै सन्तान ठुलो हुदै जादा कुलतमा फस्लाकी भनी डराई डराई उच्च शिक्षा आर्जन गर्न, जागिर र व्यापारको लागि अनुशासित, सस्कारी, मेहनती एवं कर्मठ बनी देशको नाम उच्च राख्न सक्ने बनोस् मेरो सन्तान भनी सधै माया, स्नेह, करुणाका रुपले हेर्ने साक्षात देवीको रुपमा गृहणीले आफ्नो भूमिका निभएकी हुन्छिन।
माथिका हरेक शब्द-शब्दको जिम्मेवारी प्राय गृहणीमा रहेको देखिन्छ।सन्तान र परिवारको सु-स्वास्थ्य, सफलता र खुसिको आर्जन र आगमनको लागि सदा सर्वदा गृहणीले नै महन्वपूर्ण भूमिका निभाएकी हुन्छिन।यसो भनी रहदा पुरुषको चाही केही हात छैन त? महिलाले चाँही घरको काम मात्र गर्ने हुन् त? के महिलाले पढाई, जागिर गरेका छैनन् त? भन्ने प्रश्न मनमा उठ्नु स्वभाभिक हो तर माथिका तर्क र प्रश्नहरूको चित्तबुझ्दो जवाफमा सन्तानलाई ९ महिना गर्भमा राख्ने जन्माउने र आफ्नो छाती चुसाउने र आफ्नो सन्तान अलिकति विरामी पर्दा रातभरी नसुती कैंयौ रात विताउनु जस्ता जुन गृहणीले मात्र सम्पादन गर्नुपर्ने प्राकृतिक नियमहरूले नै यसको सहज उत्तर दिन सकिन्छ त्यो नारी ले नै गर्ने हो।
शाब्दीक रुपमा गृहको काम गर्न,घर व्यवहार सम्हाल्ने भएकाले घरकी नारीलाई गृहणी भनिएको हो।परिवारमा उनैले चुलो नबाले तातो पानी पिउन पाईदैन।विहान देखिको दिन चर्यामा घर सफा सुग्गर गर्ने,खाना बनाउने, कपडा धुने, बच्चा बच्ची समाल्ने काममा प्राय गृहणीकै अग्रणी भुमिका रहदै आएको देखिन्छ।ठ्याक्कै भन्नु पर्दा परिवारमा ओछ्यान देखि भन्सा हुदै कर्मको सफलला सम्म दुःख शुखमा गृहणी नै चाहिन्छ।अर्को तर्फबाट हेर्दा नेपाली आमाको काखको बालकनै एक दिनको यो देशको आशलाग्दो नागरिक मात्र नभएर परिवार र राष्ट्रलाई उन्ननी र प्रगतिको मार्गमा डोहोर्याउने मानिस भएको थियो, भईरहेको छ र हुनेछ।
९ महिना गर्भमा पालेकी/राखेकी आमाले उचित लालल पालन, शिक्षादिक्षा एवं संस्कार दिदै त्यो गर्भको भूर्णलाई भविस्यमा महान ब्यक्तित्व बोकेको ब्यक्ति जस्तै डाक्टर, इन्जिनियर, शिक्षा बिद्, वकिल, राजतीतिज्ञमा परिणत गर्ने शक्ति गृहणीमा रहेको हुन्छ।यस्तो महान् कार्य र जिम्मेवारी उठाउनको लागि कुनै Formal Institution पनि रहेको देखिदैन।यो कुरा त संस्कारबाट नै हस्तान्तरण हुदै आएको हुने रहेछ।
न त कुनै फोरम नै छ, कसरी परिपक्क गृहणी बन्न सकिन्छ भन्ने।फेरी अहिलेको फेसबुक, टिकटक लगायतका सामाजिक सन्जालले गृहणीको समय पनि धेरै बर्वाद पारेको छ।त्यती मात्र नभएर सन्तानको र परिवारको मात्र सोचमा रहने गृहणी समयको र सामाजिक संजालको गलत प्रयोगले गर्दा बच्चा बच्चीको लालन-पालन, स्वास्थ्य, शिक्षामा कतिपयको ध्यान नपुगेको मात्र होइन, बालबालिकाले उचित संस्कार पनि सिक्न पाएका छैनन्।आमाको मायाबाट टाढा भएको/रहेको बच्चा भोली कस्तो नागरिक बन्दै छन् त? आजका हरेक नेपालीका घरमा हुर्की रहेका बच्चा? भन्ने सोच्ने बेला भइसकेको छ।यती मात्र नभएर घरमा श्रीमान श्रीमतीको सम्बन्धमा खटपट आउनु, अदालतहरूमा सम्बन्ध बिच्छेदका मुद्दाका चाङ दिनानुदिन बढ्दै जानु, माया प्रेमको बहानमा अपहरण शरीर बन्धक र करणी, ज्यान, ठगी जस्ता मुद्दाहरू दिनानु दिन बढेका अदालतका प्रतिवेदनहरूले देखाएका छन्।हाल सुरक्षा ब्यवस्थामा देखिएका चुनौतीहरू पनि यसरी नै निम्तिएका हुन्।यतिमात्र नभएर दिनानुदिन सेक्युरिटि थ्रेड बड्दै गएको छ। साईबर क्राइम र पाइरेसीको त कुरै नगरुम यसलाई प्रमाणित गर्न समाजिक संजालमा देखिएका विभिन्न घृडित पोष्ट नै काफी छदै छन्।
के छन् त समाधानका उपायहरु यसरी सोच्ने की, ज्ञानमूमि, ध्यानभूमि, तपोभूमि, स्वप्नभूमिको रुपमा परिचित नेपाल हामी नेपालीहरुको मातृभूमि, कर्मभूमि एवं सपनालाई यथार्थतामा रुपान्तरण गर्ने प्राङ्गढ पनि हो।नेपालीहरुको आफ्नै श्रम, सीप, ज्ञान, पौरख र कौशलताले नेपालको भविस्यको मार्ग चित्र बनाउने हो। हाम्रै नेपाली गृहणीको लालन पालन, शिक्षा संस्कारमा हुर्किएको नेपाली आमाको सन्तानले नै नेपालको आर्थिक, मामाजिक, भौतिक लगायत चौतर्फी विकासका रेखा कोर्ने हो। मूलुक चलाउने हो। नेपालको भाग्य र भविस्यको रोडम्याप मार्गचित्र बनाउने हो।यसका लागि पहिलो शर्त र आवश्यकता भनेको एक कर्मशिल, अनुशासित, ज्ञानी, परिवारद्वारा आज्ञाकारी नागरिक उत्पादन गर्नु हो।अथवा अर्को तर्फबाट चित्रण गर्दाखेरी घरमा आमाले सिकाएको, देखाएको, गोरेटो नै हरेक बालबच्चाको प्राय भविस्यको मार्ग बन्दछ।हरेक सन्तानको परिचय बनेर खम्विर रुपमा उभिएकी हुन्छिन गृहणी।
जसरी नेपाल आमाले भौगोलिक बरदानको रुपमा हिमालको काखमा जडीबुटी उत्पादन गरी, पहाडका फाँटमा बस्ती बसाली अन्नको भन्डारको रुपमा तराईका क्षेत्रहरू दिएकी छिन्।कहिल्यै नसुक्ने नदि नाला दिएकी छिन्।त्यसरी नै आफ्नो सन्तानको भविस्यको लागि अबरात्र मनमा सन्तान र परिवारको सकारात्मक भविस्यको सपना आमाले बनाएकी हुन्छिन।
माथि हरफ हरफमा उद्रित यस्तो गहन जिम्मेवारी बोकेकी गृहणीलाई सबल, सक्षम र परिवारको भाग्य र भविस्य निर्माणमा निपूर्ण बनाउने मूख्य जिम्मेवारी श्रीमान र परिवारको नै रहन्छ भने समाज, समाजका महिला, समूह संगठनहरु, साथी संङ्गी, उच्च शिक्षा आर्जन गर्ने स्थानको वाताबरण, जागिर गर्ने स्थानको बातावरण साथै महिला माथि हेर्ने राष्ट्रको दृष्टिकोण अथवा नीति र नीतिलाई कार्यान्वयन गर्ने नियतले सहायक रोल खेलेका हुन्छन। आउनुहोस् अब, बुदागत रुपमा प्रत्येकको जिम्मेवारी/भूमिका कसरी निभाउदा कुशल गृहणीले आफ्नो भूमिका सहजरुपले अंगाल्दै प्रत्येक नेपाली आमाको कोखबाट जन्मिएको बच्चालाई सक्षम नागरिक बनाउन सक्छिन् भन्ने तिर लागौ।
१. श्रीमानको भूमिका/जिम्मेवारी-
श्रीमान घरको वा परिवारको मूख्य जिम्मेवारी बहन गर्ने ब्यक्ति हो।घरको भित्री वातावरण स्वस्थ्थ, शान्त, प्रगतिशिल बनाउन श्रीमानको नै मूख्य रोल हुन्छ भन्न सकिन्छ।यसै भएर नै हाम्रो धर्म शास्त्रहरुमासमेत श्रीमान श्रीमतीको सम्बन्धको चर्चा गरिएको पाईन्छ।बिबाह गर्दा मण्डपमा अग्नीलाई ७ फेरा लगाउने कार्यको मर्म ७ जुनी सम्मको सम्वन्ध रहन्छ भन्ने नै हो।परिवारको केन्द्र विन्दु रहन्छ भन्ने नै हो।हालको समयमा धर्मलाई विज्ञानले केही खल्वल्याएको पनि अनुभव हुदै आएको छ।कवि बालकृष्ण समज्यूले भने जस्तै “ज्ञान मर्दछ हासेर, रोइ मर्दछ विज्ञान” भने जस्तै अहिले वड्दै गएका विश्वका कलह, लडाई, विधंस एवं सामाजिक संजालको दुरुपयोगले पारिवार विखण्डनको शिकार भएका प्रमाणहरु जताततै देख्न सकिन्छ।श्रीमानले परिवार खुशी राख्न निम्न उपाय गर्दा राम्रो हुनेछ।
– परिवारलाई सकेसम्म बढी समय दिने, नजिकै भएपनि संगै घुम्न टहलिन जाने, सकेसम्म दैनिक रुपमा घरमा आवश्यक पर्ने स-साना समानहरु संगै गएर सोधेर सल्लाहले सपिङ गर्ने, श्रीमतीलाई के मन पर्छ भनी उसको मनको कुरा बुझ्ने, खुशी हुन पैशा नै खर्च गर्नु पर्दैन, घरमा श्रीमतीसंग सल्लाह भयो भने त्यो सल्लाहमा नै उ आफ्नो मान पाउछिन्, विस्वास गर्छिन अनि मान गर्छिन र आफै गौरव गर्छिन आफ्नो श्रीमानसंग म कति भाग्यमानी रहेछु भनी यसले गर्दा परिवारको वातावरण राम्रो हुन्छ।
– खाना बनाउन,लुगा धुन,बालबच्चाको गृहकार्य गर्ने जस्ता घरको दैनिकी कार्यमा सकेसम्म सहकार्य गर्ने यसले गर्दा गृहणीमा आत्मविश्वासको सृजना भई परिपक्क र सहनशिलताको विकास पनि हुन्छ।
-जागिर, व्यापार र अध्ययन अध्यापन वा आफ्नो कार्य व्स्तताले गर्दा परिवार रहेको ठाउँ भन्दा टाढा बस्नु परेमा समय मिलेसम्म Digital माध्यमबाट नजिक हुने। घरको दैनिकी मिलाउने।आफु के कार्यमा लाग्नु परेको हो।कार्य जटिलता, समय व्यवस्थापनमा कठिनाई भई समयमै भेट गर्न नमिलेको, अफिस, व्यापार पढाईमा लागेकाले समय व्यवस्थापन हुन नसकेको कारण मेहनत लगावको स्पष्टताको लागि समय मिलाएर आफुले गर्ने दैनिक कार्यमा परिवारकोसमेत Visit गराउने। यसले गर्दा तपाईको व्स्तताको, कार्य जटिलता एवं जिम्मेवारीको कारण परिवारले बुझी सधै तपाईप्रति सकारात्मक राख्नेछन्।जस्तैःFamily Visit Work भनी शुक्रबारलाई मिलाउन पनि सकिन्छ।
२. परिवारको भूमिका/जिम्मेवारी-
– घरमा राम्रो संस्कार कायम राख्ने, हाल Joint Family भन्दा Single Family नै वढी भएकाले सानो परिवारमा ठुलो खुशी भित्र्याउन कोशिस गरिरहने।परिवारबाट खुशी हकिल्यै टाढा हुन नदिने।
– परिवारमा भएका दुःख,सुख, साना-साना खुसिहरुहरु सबै शेयर गर्ने,साना देखि ठुला जिम्मेवारी, व्यवहारकोसमेत घरका सदस्यहरुलाई शेयर गरी जिम्मेवारी बहन गर्ने यसले अपनत्व र मितव्यिता कायम गर्छ।अशल भातृत्वको विकास गर्छ।
– कतिपय परिवारमा अझैपनि कायमै रहेको Domestic violence,शारीरिक र मानशिक तनाव,घरेलु हिंसालाई परिवारका सदस्यले सम्वन्धित ठाउँमा समयमै उजुरी गरी निशेध गर्ने।
३. महिला संगठन/महिला समूहहरु/महिलाका लागि स्थापना संघ सस्थाहरु-
– सीप प्रवर्दन गर्ने खालका कार्यक्रमहरु संचालन गर्ने,”एकको लागि सबै सबैको लागि एक” भन्ने जस्ता चेनतामूलक कार्यक्रमार्फत महिलाको आर्थिक जीवनस्तर सुधार गर्न स-साना धरेलु लघु उद्योगको माध्यमबाट महिलाको आर्थिक, सामाजिक र असल परावारिक संस्कारको चेतनाको विकास गर्ने।
– सदस्यहरुमा रहेको असल संस्कारको प्रवाह गर्ने, पुरस्कृत गर्ने, कुनै सदस्यलाई परावारिक खटपट, पीडा भएको देखिएमा साझा रुपमा समस्याको समाधान गर्न लागि पर्ने।
४. शिक्षा,जागिर,व्यवसायको व्यस्ततामा परिवारको व्यवस्थापन गर्ने-
– छुट्टिको योजना बनाई परिवारसंग रहने, घुम्ने, समय विताउने, घरको व्यवाहार मिलाउने, मनोरंजन गर्ने बानिको विकास गर्ने।
– आफ्नो, पेशाको समय व्यवस्थापनको, कार्यजटिलताको परिवारलाई जानकारी गराउन कहिल्यै नभुल्ने।
५. राष्ट्रको नीति-
– प्रर्वदनात्कम-
असल एवं सबल गृहणी निर्माणको लागि सहयोगी Institution हरुको निर्माण गर्ने जस्तैःगृहणी कल्ब, गृहणी पुस्तकालय, विभिन्न चेनतामूलक jarnalism, Public Speaking, साना तथा मझौला उद्यम (SMEs) जस्ता तालिमहरु संचालन गर्ने।राष्ट्रका सबल गृहणीहरुको छनौट गरी सम्मान गर्ने, उनिहरूका असल व्यबहार चाल चलनहरुको अनुकरण गर्ने बातावरण सृजना गर्ने।
– दण्डात्मक-
अझैपनि तराईका कतिपय जिल्लाहरुमा रहेको कुरीतिहरु जस्तै- दाइजोको नल्याएको वा थोरै भएको बहानामा श्रीमति/बुहारीलाई शारीरिक मानशिक यातना दिने, धेरै स्थानमा घरेलु हिंसाका मुद्दा वड्दै गएका, डरको कारण सम्वन्धित स्थानमा गएर उजुर गर्न सक्ने वातावरणसमेत नरहेको जस्ता घटना देखिएको हुँदा भएका कानूनलाई संसोधन गरी कठोर नीति र दण्डात्मक कानूनको निर्माण गरी दण्डहिनताको अन्त्य गर्ने।
सारमा सबल, परिपक्क, गृहणी निर्माणमा श्रीमानको, परिवारको, समाजको र राष्ट्रको भूमिका अहम् रहने गर्दछ। आजैबाट हरेक नेपालीका घर- घरमा खुशी र सम्बृर्दिको बास गराउन सक्षम गृहणी निर्माणमा लागौ।
यस लेखमा घरकी गृहणीले आजको Digital Word, Innovative Age, Informative Word मा AI र Chat gpt मा रमाउने नयाँ पुस्तालाई कसरी संस्कारी, ध्यानी बनाउदै परिवारको सदस्यमात्र नभएर देश बनाउन, चिनाउन सक्ने नागरिक बनाउन/हुर्काउन सक्छिन् र यसमा कस्को के भूमिका रहन्छ भन्ने कुरामा केही उपायहरुको सूचित गरिएको छ।
लेखक परिचय
नाम-मैया देवी पौडेल धमला
ठेगाना-महालक्ष्मी न पा ७ ,धनकुटा
अर्खोले जितपुर घर भई हाल- विराटनगर म.न.पा.२,मोरङ
कार्य/अनुभव-गृहणी/पत्र पत्रिका लेख लेखन/अध्ययन/अध्यापन


