झापाबाट २०.८३० ग्राम खैरो हेरोइन सहित तीन जना पक्राउ

झापा, भदौ २३ गते । झापाबाट लागू औषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट लागू औषध खैरो हेरोइन खरिद गरी कोशी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भदौ २२ गते झापाको मेचीनगर नगरपालिका–६ र कनकाई नगरपालिका–५ बाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–११ का २१ वर्षीय गोविन्द श्रेष्ठ, बिर्तामोड नगरपालिका–११ का ३० वर्षीय कृष्णबहादुर प्रधान र कनकाई नगरपालिका–४ का ३२ वर्षीय रोशन चौधरी रहेका छन्।

उनीहरूको साथबाट २०.८३० ग्राम खैरो हेरोइन, दुई थान मोबाइल, नेपाली नगद २ हजार ६ सय रुपैयाँ र एक थान साइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका गोविन्द श्रेष्ठ र कृष्णबहादुर प्रधानलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा तथा रोशन चौधरीलाई इलाका प्रहरी कार्यालय अनारमनी, झापा पठाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।