बागमतीका पाँच जिल्लामा मध्यम वर्षा, थप वर्षाको सम्भावना
काठमाडौं, भदौ २३ गते । बागमती प्रदेशका विभिन्न जिल्लामा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो ३ः५६ बजेसम्म दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर आसपासका क्षेत्रमा मध्यम वर्षा भइरहेको हो।
ती तथा आसपासका जिल्लामा भू–उपग्रहबाट प्राप्त तस्बिरमा बादल विकसित भइरहेको देखिएको महाशाखाले जनाएको छ। विकसित बादलका कारण थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षाका कारण स्थानीय खोलानाला तथा नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सावधानी अपनाउनसमेत अनुरोध गरिएको छ।

