वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी सहितका पाँचवटा सडक पूर्ण रुपमा अबरुद्ध

काठमाडौ । वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले बिहान ७ बजेसम्मको अवस्थाबारे दिएको जानकारी अनुसार संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४, बरुणमा कोशी राजमार्ग अझै अवरुद्ध छ ।

यस्तै संखुवासभाकै मकालु गाउँपालिका–३, एकुवामा पनि लामो समयदेखि अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा आउन सकेको छैन। रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन नाका जोड्ने पुल पूर्ण रुपमा अवरुद्ध छ । गोसाइकुण्ड गाउँपालिकामै आज बिहानदेखि पहिरोका कारण पासाङ ल्हामु सडक खण्ड बन्द भएको हो ।

सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिका–४, चारकिलो नजिकै बिहान गएको पहिरोले अरनिको राजमार्ग पनि पूर्णरुपमा अवरोध भएको छ । प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अद्यावधिक जानकारी लिन आग्रह गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।