धनकुटाको साँगुरीगढीमा पहिरोले गोठ पुरिएपछि…

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–९ बाहुनाकेमा गए रातिको अविरल वर्षापछि गएको पहिरोले एक स्थानीयको गोठ पुरिएको छ।

स्थानीय स्रोतका अनुसार, सोम बहादुर राईको गोठ पहिरोले पुरिँदा करिब साढे ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। यद्यपि, घटनामा मानवीय क्षति भने भएको छैन।

गोठसँगै रहेका चिरानी काठ, प्रयोग नगरिएका नयाँ जस्ता पाता, नास्पाती, कतहर, आँप, एभोकाडो, रूद्राक्षका बोट, खाद्यान्नबाली, कुखुरा, र मोहुरीसहितका दुंढ पहिरोले बगाएको र पुरिएको छ। खोरसँगै बाख्रा र सुँगुर जोगिएको र गाई बस्तुहरू पनि जोगिएको छ।

राई विगत लामो समयदेखि सो स्थानमा खेतीपाती र पशुपालन गर्दै आएका थिए। उनका स्थायी घर भने खयरबोटेमा रहेको छ।

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।