कोशी प्रदेशमा मात्र ४४ जनाको मृत्यु
विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षाले ठूलाे जनधनको क्षति पुर्याएको छ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको छ।
सबैभन्दा धेरै इलाममा ३७ त्यस्तै पाँचथरमा २, मोरङमा १, सुनसरीमा १, उदयपुरमा २ र खोटाङमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।


