धनकुटाको बसपार्कमा देखिएको भिडभाड(फोटो फिचर)
धनकुटा, २० असोज । नेपालीहरुको महान चाड दसैं मनाउन गाउँघर गएकाहरु धमाधम कर्मथलो फर्कन थालेका छन् ।
विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छोडेर शहर पसेकाहरु दसैं मनाउन घर जाने गर्दछन् । सोही अनुरुप यस वर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दसैं मनाएर कर्मथलोमा फर्कन थालेका हुन् ।
केहि दिन अघिबाट परेको वर्षाको कारण भने यात्रु लाई समस्या परेको छ ।








