धनकुटामा कार र इभि ठोक्किंदा दुर्घटना
धनकुटा,२० असोज । धनकुटामा कार र इभि ठोक्किंदा दुर्घटना भएको छ ।
कोशी राजमार्ग अन्तर्गत धरान-धनकुटा सडक खण्डको गुठिटार छेउ ईटाभट्टामा कार र इभि ठाेक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ ।


